२ फागुन, काठमाडौं ।सपना रोका मगरले, आफुमाथि अभद्र व्यवहार गरेको भन्दै, विनयजङ्ग विरुद्ध आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी छन् ।
केही समय अगाडि मात्र, सपना रोका मगर विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी थिइन।
बस्नेतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै मगरले आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी हुन् ।
रोकाको उजुरी दर्ता भैसकेको छ । प्रहरीले बस्नेतलाई पक्राउ पुजी जारी गर्ने तयारी गरेको छ ।
काठमाडौंमा बेवारिसे शव जलाउने बस्नेत र सपनाले एकअर्कालाई बाबु-छोरीका रुपमा चिनाउँदै आएका थिए । सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि भने उनीहरुको सम्बन्ध बिग्रिएको थियो ।