कोरोनाभाइरसको पीसीआर परीक्षण शुल्क दुई हजार रुपैयाँ

0
234

काठमाडौं । कोरोनाभाइरसको पीसीआर परीक्षण शुल्क दुई हजार रुपैयाँ कायम गरिएको छ। सरकारले पीसीआर परीक्षणका निम्ति आवश्यक पर्ने रिएजेन्टलगायतका सामग्रीको उपलब्धता बढेको र बजार भाउ घटेकोले उक्त शुल्क कायम गरेको छ।

सुरुमा सेवा शुल्कको १० प्रतिशत बाहेक पीसीआर परीक्षणका लागि ५,५०० रुपैयाँ शुल्क निर्धारण गरेको र त्यसपछि उक्त शुल्क घटाएर ४,४०० रुपैयाँ बनाएको थियो। उक्त शुल्क तोक्नुअगावै कतिपय प्रयोगशालाले कम मूल्यमा परीक्षण गर्न थालिसकेका थिए भने केही निजी अस्पतालहरूले विज्ञप्ति जारी गर्दै घाटा पर्ने र कमसल परीक्षण प्रविधिलाई बढावा दिने दाबी गरेका छन्। यसरी परीक्षणको शुल्क कम भएपछि गुणस्तरहीन सामानको प्रयोग हुने र विश्वसनीयता पनि कम हुने आशङ्का पनि व्यक्त भएका छन्।

मन्त्रालयले गुणस्तरहीन सामानको आयात नै हुन नदिने गरी सुरुदेखि नै प्रबन्ध मिलाउने, विश्वसनीयता गुम्न नदिन प्रयोगशालाले कसरी परीक्षण गरिरहेका छन् र मापदण्ड पूरा गरेका छन्/छैनन् भनेर निगरानी निरन्तर गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताएका छन् ।

उनले कुनै पनि प्रयोगशालामा परीक्षण गरिएका नमुनाका नेगेटिभ नतिजा आएका पाँच प्रतिशत र पोजिटिभ आएका १० प्रतिशत नमुना परीक्षणसम्बन्धी गुणस्तर नियमन अन्तर्गत थप परीक्षण गरिने नियम रहेको बताएका छन् । बेलाबेलामा मन्त्रालयको विज्ञ टोलीले अनुगमन गर्ने र नमुना ल्याएर परीक्षण गर्ने नियम भएकोले गुणस्तरको पाटोमा सर्वसाधारणहरू ठगिने अवस्था नआउने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here