नेपालमा थप ९०२ जना कोरोना भाइरस संक्रमित

0
123

काठमाडौं । नेपालमा थप ९०२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यस वृद्धिसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले  संक्रमितको सङ्ख्या थपिएको र सङ्क्रमितमध्ये अहिलेसम्म ३२,९६४ जना निको भएको जानकारी दिएका छन् । अहिले नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ । 

अहिले देशभरि संस्थागत आइसोलेसनमा ८ हजार ५३ जना र होम आइसोलेसनमा ६ हजार ८१५ जना रहेका छन् । देशभर ५ हजार ३१० जना क्‍वारेन्टिनमा रहेका छन् । अहिले भेन्टिलेटरमा २३ जनाको र आईसीयूमा १४४ जनाको उपचार भइरहेको छ ।सरकारी तथ्याङ्क अनुसार हालसम्म ६८.५ प्रतिशत सङ्क्रमितहरू रोगमुक्त भएका छन्। हालसम्म ३२ हजार ९६४ जना डिस्चार्ज भएका र डिस्चार्ज हुने दर  ६८ प्रतिशत रहेको छ ।

काठमाडौं उपत्यकामा अहिले ३९६ जना सङ्क्रमित फेला परेका छन्। जसमध्ये ३०० जना काठमाडौंका, ५८ जना भक्तपरका र ३८ जना ललितपुरका छन्। त्यसैगरी धनुषा, सुनसरी, मोरङ, चितवन, पर्सा, रौतहट, सर्लाही, बारा लगाएत अन्य जिल्लाहरुमा पनि संक्रमित रहेका छन् भने ताप्लेजुङ, मुगु, सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ । अन्यत्रभन्दा उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या बढी रहेको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here