रातो मच्छिन्द्रनाथको रथ आज ३ बजे तानिने

0
171

ललितपुर । केहि समय यता विवादमा परेको श्री रातो मच्छिन्द्र नाथको जात्रा आज गरिने भएको छ । १ महिना लम्बिने यो जात्रा महामारिको रुपमा फैलिएको कोभिड १९ कारण ३ महिना देखी पुलचोकमै रखिएको थियो । सोह्र श्राद्धा सकिनु अगाडी यो जात्रा सकाउन पर्ने र दशै अगाडी जात्रा सकाउन सकिएन भने, मच्छिन्द्रनाथ र रथलाई भक्तपुर लाईजाने परम्परागत र स्थनिय विश्वास रही आएको हुँदा, स्थानियहरु जात्रा जसरी पनि गराउन खोज्दा स्थानिय र प्रहरी बिच झगडा भएको थियो ।

सो पछी बसेको बैठकले जात्रा सांकेतिक रुपमा गर्ने निर्णय लिएको थियो । पुरै जात्रा नगरे पनि आज ३ बजे पुल्चोकबाट २० मि. टाढा ललितपुर महानगरपालिका आगाडीको सोह्रखुट्टे पाटी सम्म तानिने भएको छ । रथ तान्नको लागी १९ औँ जातीय खलः पुचःका ५०१ स्वयं सेवक खटाइएको छ । सामाजी दुरी कायम गरी कोभिड-१९को मापदण्ड अपनाइ जात्रा सम्म्पन्न गर्ने भएको छ । आज पाटनवासिले ‘छवयलाबु’ र भोली ‘भुज्याँ’ पर्व मनाउने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here