सांकेतिक रथयात्राबाट रातो मत्स्यन्द्रनाथ बुंगमती लैजाने सहमति

0
217

ललितपुर । रातो मत्स्यन्द्र नाथ जात्राका क्रममा आज भएको झडपले सबैको ध्यान आकर्शन गरेको छ । जात्रा गर्ने र गर्न नदिने भन्ने विषयमा स्थानिय र प्रहरी बिच झडप भएको थियो ।

साझा सम्म भएको झाडप पछी सरोकारवाला र स्थानिय प्रशासनले रातो मत्स्यन्द्र नाथको रथलाई सांकेतिक रुपमा बुंगमती लैजाने सहमति गरेका छन् । ‘संक्षिप्त रथयात्रा’ गर्ने निर्णय ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) टेक प्रसाद राई र गुठी संस्थानका अधिकारी र १९ वटा जातिय संगठनले गरेका हुन् ।

शनिवार सांकेतिक रुपमा रथ तान्ने र आइतबार जात्रा पुजा गर्ने ज्योतिष र पाञ्जु सहभागी बैठकले सहमति गरेका छन् ।  भोलि क्षमापुजा गर्ने र भदौ २२ मा सांकेतिक रथलाई खटमा राखेर बुंगमती लैजाने सहमति भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here