जर्मनीमा कोरोनाभाइरस महामारीका कारण लगाइएको प्रतिबन्धविरुद्ध प्रदर्शन

0
238

जर्मनीमा कोरोनाभाइरस महामारीका कारण लगाइएको प्रतिबन्धविरुद्ध करिब ३८,००० मानिस सडकमा उत्रिएका थिए । जर्मनीको राजधानी बर्लिनमा प्रदर्शनमा उत्रिएका ३०० जनालाई प्रहरीले गिरफ्तार गरेको छ। कोरोनाभाइरस महामारी नियन्त्रणका निम्ति लगाइएका प्रतिबन्धहरूको विरोधमा यूके, स्वीट्जरल्याण्ड, अस्ट्रिया र फ्रान्समा पनि प्रदर्शनहरू भएका छन्।

जर्मनीमा हालसम्म संक्रमितकाे संख्या २ लाख ४२ हजार ८२५ रहेको छ । संक्रमित मध्ये  ९ हजार ३६३ जनाको ज्यान गइसकेको छ । जसमध्ये २ लाख १७ हजार ४८४ जनालाई निको भइसकेकाे छ । जर्मनीकी चान्सलर एङ्गेला मेर्कल र १६ वटा राज्यले अनिवार्य गरिएका स्थानमा मास्क नलगाउनेलाई कम्तीमा ५९ डलर जरिबाना गर्ने नियम बिहीवार जारी गरेको छ।

कोरोनाभाइरस महामारीका कारण लगाइएको प्रतिबन्धविरुद्ध दक्षिणपन्थी प्रदर्शनकारीहरूले ढुङ्गा र बोतल प्रहार गरेको अधिकारीहरूले आरोप लगाएका छन्। बर्लिन प्रहरीले उक्त समूहले सुरक्षा नियमहरूको अवज्ञा गरेकोले तितरबितर हुन निर्देशन दिएपनि नमानेर उल्टै आक्रमणमा उत्रिएपछि गिरफ्तार गरिएको अधिकारीहरूले बताएका छन्। उक्त क्रममा सातजना प्रहरी अधिकारीहरू समेत घाइते भएका बताइएको छ । बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here