नेपालमा काभिड-१९ बिरुद्धको ३ वटा खाेपहरूकाेे परिक्षण हुन सक्ने

0
122

काठमाडौं । विश्वव्यापी महामारी काेराेना भाइरसकाे कारण संसारभर मानिसहरूकाे चासो काभिड-१९ बिरुद्धको खोपमा केन्द्रित भएको छ। हाल संसारभरि ७ वटा खाेप परिक्षणकाे तेस्रो चरणमा रहेका छन्। सरकारी अधिकारीहरूले नेपालमा पनि ३ वटा खाेपहरूकाेे परिक्षण हुन सक्ने बताएका छन। बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विश्वस्वास्थ्य संगठन मार्फत नेपालमा परिक्षण गर्न चासो देखाएको छ। तर चीन र रूसले भने आफ्नो कुटनीतिक समयन्त्रहरू प्रयोग गरेर नेपालीहरुमा आफ्नो खोपको परिक्षण गर्न रूचि देखाएका छन्।

एक थरि विज्ञहरू राम्रो छवि भएका खाेप निर्माताहरू छानिनु पर्ने र उनीहरूकाे कामकाे नियमन गर्न बलियो मापदण्ड आवश्यक पर्ने बताएका छन् । त्यस परिक्षणमा सहभागी हुने स्वयंसेवकहरूमा जाेखिमकाे उच्च मूल्यांकन र उनीहरूका स्वास्थ्य विवरणकाे गाेपनियता संरक्षणलाई संवेदनशील रूपले हेर्नु पर्ने बताएका छन् । अर्काथरि विज्ञहरूले भने यसरी ७ मध्य ३ वटामा नेपाल सहभागी हुन खाेज्नुलाई दिर्घकालिन महत्त्वका दृष्टिले महत्त्वपूर्ण कदम हुने ठानेका छन ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव रहिसकेका औषधि बिशेषज्ञ डा. प्रदिप ज्ञवालीले परिक्षण हुन लागि सकेको नभई अध्यनकै क्रममा रहेको बताएका छन्। भ्याक्सिन परिक्षण सम्बन्धि निर्णय गर्दा कुन समुहलाई, कहाँ, कसरी,कति दिन,कति मात्रा, असर, क्षतिपूर्ति, सुबिधा, फाइदा लगाएतका सबै कुराहरूलाई ध्यानमा राखि गर्नु पर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here