काठमाडौं । स्वास्थ्य संस्थामा उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूलाई दुर्व्यवहार गर्ने वा बाधा अड्चन पुर्ययाउने कार्य गरे सुरक्षाकर्मीलाई बाधा अड्चन गरे सरह कारबाही गरिने निर्णय भएको थियो । उक्त निर्णय गत चैत २२ गतेकाे मन्त्री परिषद्ले गरेको थियो। चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माथि दुर्व्यवहार भई रहेको घटनाहरू सार्वजनिक भइरहेका छन्। नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य अधिकारीहरू माथि दुर्व्यवहार नहाेस भन्नकाे लागि मन्त्री परिषद्ले गरेको उक्त निर्णयलाई कानुनी रूप दिन माग गरेको छ।
चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले उक्त निर्णय अनुसार स्वास्थ्यकर्मीहरूकाे सुरक्षाकाे लागि अध्यादेश मार्फत स्थायी कानुनकाे मान्यता दिन माग गरेका छन्। स्वास्थ्यकर्मी मात्र नभई काेहि पनि संक्रमितलाई घृणाकाे भावले नहेर्न उनलेे आग्रह गरेका छन् । संक्रमित भएका धेरै मानिसहरू उपचार पछि घर फर्किसकेका छन् । जाे कसैलाई पनि संक्रमण हुन सक्ने हुनाले सजकता अपनाउन र काेहि माथि दुर्व्यवहार नगर्न अनुरोध गरेका छन् ।
पछिल्लो २४ घण्टामा काेराेना भमइरसबाट ८५५ जना थप संक्रमित भएका छन् । थपिएका संक्रमित मध्य २३२ जना काठमाडौं उपत्यकाकाे रहेको स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गाैतमले बताएका छन् । आज थपिए संगै संक्रमित हुनेकाेे कुल सङ्ख्या ३३५०० नाघेको छ।त्यसतै आज निधन भएका ७ सहित मृत्यु हुनेको सङ्ख्या १६४ पुगेको छ।