काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमित काे संख्या बढिरहेको छ । वर्ल्डोमिटर्सका अनुसार संक्रमितको संख्या २ करोड ३३ लाख ९० हजार ६९० छ भने मृतकको संख्या ८ लाख ८ हजार ७८३ पुगेको छ। हालसम्म संक्रमितमध्य निकाेे हुनेको संख्या १ करोड ५९ लाख १२ हजार ८८८ पुगेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हाल २ करोड २८ लाख १२ हजार ४९१ जना काेराेनाभाइरस संक्रमित छन् भने मृतकको संख्या ७ लाख ९५ हजार १३२ रहेको छ।
अमेरिकामा कोरोना भाइरसका कारण विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा हालसम्म ५८ लाख ४१ हजार ४२८ संक्रमित मध्ये १ लाख ८० हजार १७४ जनाले ज्यान गुमाइसकेका छन् । अहिलेसम्म ३१ लाख ४८ हजार ८० जना निको भइसकेका छन् ।
छिमेकी मुलुक भारतमा हालसम्म संक्रमितकाे संख्या ३० लाख ४९ हजार ८५५ रहेको छ । संक्रमित मध्ये ५६ हजार ८७५ जनाको ज्यान गइसकेको छ । जसमध्ये २२ लाख ८१ हजार ९८२ जनालाई निको भइसकेकाे छ ।
नेपालमा भाइरस संक्रमित ३१ हजार १७७ जना पुगेका छन् । अहिलेसम्म मृतकको संख्या भने १४६ पुगि सकेको छ । जसमध्ये १८ हजार ३५० जना निको भइसकेका छन् ।