नेपालमा अमोनियम नाइट्रेेटको प्रयोग र जोखिम

0
246

अमाेेनिमय नाइट्रेेट नेपालमा उल्लेखनीय रूपमा प्रयोग हुने गरेको छ। अमोनियम नाइट्रेेट घातक किसिमको नभएतापनि भण्डारमा त्रुटि भई वा आगाे लागे बिष्पाेटक बन्न सक्ने चेतावनी विज्ञहरूले दिने गरेका छन्। यसको प्रयोग खासगरी नेपाली सेनाले आवश्यक बिष्पाेटक सामाग्री निर्माण गर्न गरेको पाइन्छ। साथै शहर तथा अन्य विकास निर्माण आयोजनाहरूमा पनि यसकाे प्रयोग हुने गरेको छ। अमोनियम नाइट्रेेट मल बनाउनका लागि पनि प्रयोग हुने गर्दछ तर नेपालमा मलको कारखाना छैन। यसलाई बिष्पाेटक सामाग्री सूचिमा राखेको हुनाले निजी क्षेत्रले साेझै झिकाउन नपाउने ब्यबस्था रहेको छ।

नेपाली सेनाको २ कारखानामा बिष्पाेटक पदार्थ बनाउन यसकाे प्रयोग भएको पाइन्छ। एउटा राजधानीमा अवस्थित स्वयम्भू बारूद खाना र अर्को मकवानपुरमा अवस्थित सुनाखरि इमल्सन प्लान्ट रहेको छ। राजधानीमा रहेको बारूद खाना १०० बर्ष पुरानो र मानव वस्ति नजिकै रहेको छ। यस्काे १३० मेट्रिकटन बिष्पाेटक पदार्थ बनाउनेे क्षमता रहेको छ। त्यस्तै मकवानपुरमा रहेको सुनाखरि इमल्सन प्लान्टमा भने २४०० मेट्रिकटन बिष्पाेटक पदार्थ बनाउन सक्ने क्षमता रहेको छ।

यसरी मानवबस्ति र यस्तो रसायनिक पदार्थ नजिकै रहनु भनेको जाेखिमपूण वातावरणलाई नजरअन्दाज गरि बस्नुु हो। ४ अगस्ट, लेबनानकाे राजधानी बेरूतमा रसायनिक पदार्थ अमाेनियम नाइट्रेेट बिष्पाेटन भइ ठूलो क्षति भएको थियो। यस्ताे परिस्थितिकाे शिकार जाे काेहि हुन सक्छन्। यस्तो समस्या आउन नदिन समस्या समाधानका उपायहरूकाे विचार बिमर्श गरि व्यवहारमा लागू गर्नु पर्छ। तर भवितव्य आउदा बखत त्यस्ताे ठाउँको जाेखिम अनुसारको सावधानीकाे लागि अपनाउन सक्ने उपायहरूकाे कहि कतै ब्यबस्थापन भएको पाइदैन। यस्ताेे जाेखिमलाई समाधान गर्न सम्बन्धित पक्षले महत्त्वपूर्ण कदम चाल्न जरुरी भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here