काठमाडौं उपत्यकामा आज मध्यरातिदेखि निषेधाज्ञा जारी, अवज्ञा गर्नेलाई १ महिना सम्म कैद

0
140

काठमाडौं। काठमाडौं उपत्यकामा आज मध्यरातिदेखि लागू हुनेगरी निषेधाज्ञा गर्ने निर्णय भएको छ । कोरोनाको संक्रमितको संख्या बढ्दै गएपछि सोको रोकथाम र न्यूनीकरणको उद्देश्यसहित उपत्यकाका तिनवट्टै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला आधिकारिको संयुक्त बैठकले निषेधाज्ञाको निर्णय गरेको हो । निषेधाज्ञाको अवज्ञा गर्नेलाई १ महिना सम्म कैद सजाय हुन सक्ने व्यवस्था रहेको बताएको छ।

निषेधाज्ञा भएपछि अत्‍यावश्यक सेवा बाहेक अरु सेवाहरु बन्द हुनेछन ।निर्णयअनुसार औषधि खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु तथा सेवा खरिदको काम लगायतका अत्यावश्यक मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायको सवारी साधन मा बाहेक कुनै पनि व्यक्ति घरबाट निस्कन नपाउने साथै व्यापार व्यवसायमा गर्न नपाइने भएकाे छ।  पैदल यात्रुलाई समेत पूर्ण रुपमा रोक लगाइनेछ ।

वैठकमा सहभागी एक अधिकारीका अनुसार भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो। सबै प्रकारका तालिम, गोष्ठी, सभा, सेमिनार लगायत होटल, रेष्टुँरा सञ्चालनमा रोक लगाइनुका साथै बैकिङ सेवा लगायत विभिन्न निकायहरुले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here