एन. आई. सि. एसियाले भित्र्यायो नेपालकै पहिलो अन्तर्राष्ट्रिय पेमेन्ट गेटवे

0
107

काठमाडौं । देशको विभिन्न स्थानमा शाखा बिस्तार गरि सेवा प्रदान गर्दै आएको एन. आई. सि. एसिया बैंकले सेवाग्राहीहरूको लागि लडिजिटल कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे सुचारु गरेको छ । यो सेवा दिन बैंकले अन्तर्राष्ट्रिय गेटवेप्रदायक कम्पनी ‘साइबरसाेर्स’ नेपालमा भित्र्याएकाे छ ।

यस गेटवे प्रणाली नेपालमा एनआईसी एसियाले पहिलोपटक ल्याएको हो । ‘साइबरसाेर्स’ अमेरिकाको बहुराष्ट्रिय कार्ड कम्पनी भिसाको प्रमुख लगानी रहेको कम्पनी हो । अमेरिका, चीन, भारतलगायत एसिया, युरोप र अफ्रिकाका विभिन्न देशमा याे गेटवे प्रणाली प्रयाेगमा रहेकाे जनाइएकाे छ।

यसबाट अनलाइन प्लेटफर्ममा आधारित ईकमर्श ट्राभल र टुर्स, हवाई उड्डयन, युटिलिटी सेवा प्रदायक, भुक्तानी सेवाप्रदायक, पर्यटन व्यवसायी, एडभेन्चर तथा मनोरञ्जन, हस्तकलालगायतका व्यवसायीहरूलाई भुक्तानी प्रणालीमा नयाँ आयाम थप्ने विश्वास बैंकले लिएको छ । यसबाट व्यवसायहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्डको भुक्तानी आफ्नो एनआईसी एसिया बैंक खातामा प्राप्त गर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here