
पछिल्लो दुइ दिनमा समाजिक सन्जाल मा बिभिन्न सरोकारवाला ब्यक्ती र सन्स्थाका प्रोफाइल फोटोमा थुप्रै कमेन्ट आइरहेका छन ।सवै जसो थपिएका कमेन्ट एकै किसिमका देखिन्छन त्यो हो ‘जस्टिस फर निर्मला’ अर्थात निर्मलालाई न्याय देउ।निर्मलाको २०७५ साल साउनमा कंचनपुरमा बलात्कार पछी हत्या गरेर उखु बारिमा सव फालिएको अवस्थामा भेटिएको थियो।यो घटनाको २ बर्ष बितिसक्दा पनि हालसम्म उनको हत्यारा पत्ता लागेको छैन।मिडिया देखी सामाजिक सन्जाल सबै तताएको त्यस घटनाको न्यायिक छिनोफानो हुन सकेको छैन।
यही बिषयलाई जोड्दै युवाहरुको समुहले पछील्लो समय प्रधानमन्त्री केपी शर्मा ओली लगायात सत्तारुढ सम्बद्द नेताहरुका साथ साथै मिडिया देखी अन्तरराष्ट्रिय सँग संस्था प्रोफाइल फोटोमा कमेन्ट अभियाननै चलाएका छन।त्यसमध्य प्रधानमन्त्री केपी शर्मा ओली,नेकपा अध्यक्ष्य पुष्पकमल दाहाल ‘प्रचन्ड’,ग्रीहमन्त्री राम बहादुर थापा ‘बादल’,शिक्षा मन्त्री गिरिराजमणी पोख्रेल,प्रयटन मन्त्री योगेश भट्ट्राइ लगायतको प्रोफाइल फोटोमा अत्याधिक कमेन्ट आइरहेका छन।यस्तै मिडियाहरुमा कान्तिपुर,नयापत्रीका,अनलाइन्खबर,अन्नपूर्ण लगायतका प्रोफाइल फोटोमा पनि कमेन्ट आइरहेका छन।
निर्मला हत्याकान्डको बिषयमा युवाहरुले पहिला पनि पोस्टर अभियान चलाएका थिए।जसमा निर्मला पन्तको न्यायका लागि अपिल सहित बिभिन्न स्थानमा पोस्टर टासिएको थियो।

हालसम्म केपी ओलीको प्रोफाइल फोटोमा ३ लाख ४४ हजार भन्दा बढी कमेन्ट आइसकेका छन।जसमध्य अधिकान्स कमेन्ट पछील्लो दुई दिनको यही सन्दर्भमा थपिएको हो
फेसबुकमा सकृय समुह मेन्स रुम रेलोडेड(एमआरआर),एनबिआर,एमडब्लुआरआर लगायतबाट सुरु भएको यो ट्रेन्डले अहिले सामाजिक सन्जाल चलाऊने सम्पूर्ण ब्यक्तीलाई प्रभाव पारेको छ।पछिल्लो समय फेसबुकमा बिनोद लेखेको कमेन्ट भाईरल हुँदै आएको थियो।त्यसको श्रीजनात्मक रुपमा उपयोग गर्दै न्यायको ढोका ढक्ढकाउनका लागि यो अभियानको सुरुवात स्वत स्फुर्त रुपमा युवाहरुले थालेका हुन।
हेरौ केही फोटामा गरिएका कमेन्टहरु:




