अमेरिकी राष्ट्रपती डोनल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको ७१ बर्षको उमेरमा मृत्युु भएको छ। अगस्ट १५, शनिबारका दिन उनको मृत्यु भएको थियो। मृत्यु हुनु भन्दा अघिल्लो दिन राष्ट्रपति ट्रम्प आफ्नो भाईलाई भेट्न उनलाई राखिएको न्यु योर्कको अस्पतालमा गएका थिए। राष्ट्रपति ट्रम्पले भाई अहिले कठिन समयबाट गुज्रिरहेको बताएका थिए।
केहि अमेरिकी संचारहरुले उनी केही समय देखि बिरामी भएको बताए पनि रोबर्ट ट्रम्पको मृत्युको कारण भने प्रष्ट भएको छैन।