काेराेना भाइरस (काेभिड -१९) का कारण मानिसहरूकाे जीवन निराशा अनि चिन्तामा ढुबेकाे छ । मानव जिबनमा एक प्रकरको त्रासपूण बाताबरण सृजना भइरहेको छ । मानव मिस्तिष्कमा अहिले राेग भन्दापनि भाेक र शाेकले मरिन्छकि भन्ने चिन्ताले पिराेल्न थालिसकेकाे अबस्था छ। उनिहरूलाई भविष्यको चिन्ता भन्दा पनि कसरी बाच्ने भन्नेे चिन्ताले सताउन थालेकाे छ।
हुनत मानिस मरणशिल प्राणि हाे। जन्मे पछि एक दिनत मर्नुनै पर्छ। तर अहिले काेराेनाकाे कारण मानव जिवनमा तनाबकाे स्थिति सृजना भइरहेको छ। मानिसहरू मानसिक समस्याको शिकार हुन थालेका छन्। राेगले मर्ने भय भन्दा पनि भाेक र शाेकका कारण मरिन्छकि भन्ने भयका कारण मानविय सचेतनानै डगमगाउनेे अबस्थाकाे सृजना हुनेे सम्भाबना बढ्दै गइरहेको छ।
यस्तो भयावह सम्भावनाको ज्ञान एवं जानकारी सम्बन्धित पक्षलाई हुदा हुदै पनि महत्त्वपूर्ण ठाेस कदम बिना यस्तो भयावह स्थिति प्रति मात्र चिन्ता प्रकट गर्दै बस्ने गरिएको छ। मानव जिवनकाे खस्किदै गएको अबस्थालाई सुधार गर्न महत्त्वपूर्ण समस्या समाधानको उपाय प्रकट गर्न जरूरी भइसकेको छ।
याेग्य एवं जिम्मेवारी ओहाेदामा पुगेका सम्बन्धित निकायले अर्थहिन शब्द व्यक्त गर्नु भन्दा व्यवहारिक कार्यलाई अगाडि बढाउनुु पर्ने भइसकेको छ। कुनै पनि विपत्तिकाे धैर्यताका साथ सबैलाई समेट्दै उक्त विपत्तिलाई समाधान गर्नुु अर्थात कुनै पनि समस्या माथि विजय प्राप्त गर्नुु भनेको कर्तव्यनिष्ट राज्य, स्वाभिमानी र याेग्य अधिकार प्राप्त व्यक्तित्व एवं अधिकारी र सम्बन्धित निकायको जिम्मेवारी मात्र नभई एक अहम् दायित्व पनि हाे।