धोनी र रैनाले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिए

0
123

भारतीय क्रिकेट खेलाडी महेन्द्र सिंह धोनी र सुरेश रैनाले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन।भारतिय पुर्व कप्तान महेन्द्र सिंह धोनीले शनिवार इन्स्टाग्राममा पोस्ट गर्दै सन्यासको घोषणा गरेका हुन।त्यस लगत्तै रैनाले पनि सन्यासको घोषणा गरेका थिए।पछिल्लो समय धोनीले सन २०१९ को विश्वकप पछी अन्तराष्ट्रिय क्रिकेट खेलेका थिएनन।धोनी भारतका सर्वाधिक सफल कप्तान मानिन्छन।उनको नेत्रीत्वमा भारतले सन २००७ को टि२० विश्वकप,२०११ को एकदिवसिय विश्वकप र २०१३ को च्याम्पियन्स ट्रिफी जितेको थियो।धोनीले टेस्ट क्रिकेटबाट २०१४ मा नै सन्यास लिएका थिए भने २०१७ पस्चात कप्तानबाट राजिनामा दिइ बिराट कोहोलीलाई कप्तानी सुम्पेका थिए।

धोनीले टेस्ट क्रिकेटको ९० म्याचमा १४४ इनिङस खेल्दै एक दोहोरो सतक,६ सतक,३३ अर्धसतक सहित ४८७६ रन,एकदिवसियमा ३५० म्याचमा २९७ इनिङ्स खेल्दै १० सतक,७३ अर्धसतक सहित १०७७३ रन र टि २० आइ मा ९८ म्याचमा ८५ इनिङस खेल्दै २ अर्धसतक सहित १६१७ रन बटुलेका थिए।यस्तै उनले एकदिवसियमा १ विकेट समेत लिएका छन।धोनी घरेलु प्रतियोगिताका पनि सफल कप्तान मानिन्छन।

यस्तै धोनी सँगै आइपिएलमा चेन्नाइ सुपर किङ्सका उपकप्तान सुरेश रैनाले पनि सन्यास लिएका छन।रैनाले २०१८ देखी अन्तराष्ट्रिय क्रिकेट खेलेका थिएनन।

उनले टेस्ट क्रिकेटको १८ म्याचमा ३१ इनिङस खेल्दै एक सतक,७ अर्धसतक सहित ७६८ रन,एकदिवसियमा २२६ म्याचमा १९४ इनिङ्स खेल्दै ५ सतक ३६ अर्धसतक सहित ५६१५ रन र टि २०आइ मा एक सतक,५ अर्धसतक सहित ७८ म्याचमा ६६ इनिङस खेल्दै १६०४ रन बटुलेका थिए।

दुबैले यसपाली युएइमा हुने आइपिएल भने चेन्नाइ सुपर किङ्सबाट खेल्ने छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here