जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी ‘निषेधित गरिएका गतिविधिहरु’

0
119

महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण पुर्न रूपमा बढ्न थालेको हुँदा संक्रमण रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट निषेधित गरिएका गतिविधीहरु उल्लेख गरि आदेश जारी गरिएको छ।

जारी आदेशमा भिडभाड हुने ठाउँ तथा कार्यलाई उल्लेख गरि १० बुँदामा समावेश गरिएको छ ।

उल्लेखित निषेधित गरिएका गतिविधिहरु

  • खुल्ला स्थानमा मानिसहरु भेला हुन, भिडभाड गर्न, सभा जुलुस गर्न,
  • भिडभाड हुने गतिविधी जस्तै जात्रा, महोत्सव संचालन गर्न,
  • दैनिक हुने नित्य पुजा बाहेकका सम्पुर्ण गतिविधिहरु,
  • उद्योग व्यापार/व्यवसाय अन्तर्गत्का स्वास्थ मापदण्ड विपरीतका क्रियाकलापहरु,
  • चाडपर्व लगायतका धार्मिक सांस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरु,
  • शैक्षिक संस्थाहरु संचालन गर्न,
  • सबै प्रकारका सभा, गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, शैलुन, ब्युटी पर्लर, स्पा, स्वीमिङ्ग पुल, जिमखाना, समुहमा खेलिने खेलकुद र खेल प्रस्तुती, पुस्तकालय, संग्रहालय, चिडियाखाना संचालन गर्न,
  • फुटपाथ, खुल्ला ठाउँ र ठेला गाडा / साइकलमा संचालन हुने व्यवसाय , कवाडी संकलन गर्न,
  • उद्योग व्यवसाय संचालनका लागि स्वास्थ मापदण्ड विपरीत श्रमिक /कामदारको ओसारपसार गर्न,
  • टेक अवे बहेक होटेल/ रेस्टुराँ संचालन गर्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here