महामारीको रूपमा फैलिरहेको कोभिड १९का कारण त्रिभुवन विश्वविद्यालय अन्तर्गत परीक्षा नियन्त्रण कार्यालयद्वारा संचालित वार्षिक परिक्षाहरु र डीन कार्यालयबाट संचालित सेमेष्टरका सम्पुर्ण परिक्षा स्थगित गरिएको थियो । भाद्र महिनाको दोस्रो हप्ताबाट संचालन गर्ने भनिएको परिक्षाहरु पनि कोरोना भाईरसको संक्रमन बढिरहेको र विद्यार्थीहरु परिक्षामा उपस्थित हुन समस्या भएको भएर सो परीक्षा पनि स्थगित गरिएको थियो।
महामारी नियन्त्रण हुन समय लाग्ने भएकोले त्रिभुवन विश्वविद्यालयले अर्को सेमेष्टरको कक्षाहरु अन्लाईन माध्यमबाट संचालन गरि पठनपाठन आगि बढाउने निर्णय गरेका छन।