सिन्धुपाल्चोकमा पहिरो जाँदा १३ घर पुरिए

0
92

काठमाडौं । श्रावण ३० गते बिहान ६ बजे तिर सिन्धुपाल्चोकमा पहिरो गएको छ। पहिरोको कारण जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा १३ वटा घर पुरिएका छन् । जस मध्य पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन छन् ।

पहिरोले पुरिएको मध्य १५ जना आफैं पहिरोबाट निस्किएर लप्सीचौर भन्ने स्थानमा आएर बसिरहेका छन । पुरिएका घर मध्य ५ घरमा कति जना सदस्यहरु छन भन्ने थाहा पाइएको छैन। ती ५ घरका सदस्यहरु कोहि पनि सम्पर्कमा आएको छैन।

पहिरो गएको केही समयमा नेपाल सेना उद्धारका लागि खटाइएको थियो। अहिले पानी पर्न रोकिए पहिरो आइरहेको हुँदा उद्धारका लागि खटाएको टोली उद्धार कार्य गर्न सकेको छैन। एसै क्रममा सिन्धुपाल्चोकबाट निर्वाचित सभामुख अग्निप्रसाद सापकोटा सेनाको हेलिकप्टरबाट पहिरो गएको स्थानमा पुग्नु भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here