आजदेखि सबै जिल्लाबाट सवारी पास वितरण बन्द

0
122


काठमाडौं । आज श्रावण २९ गते देखि सबै जिल्लाबाट सवारी पास वितरण बन्द गरिएको छ । कोरोना संकमण फैलदै गएको र मृतकको संख्या बृद्धि हुदै गएकोले बुधबार गृह मन्त्रालयले कोरोनाको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यबस्था नभएसम्मका लागि निर्देशन जारी गर्दै सबै जिल्ला प्रशासन कार्यालय लाई सवारी पास बितरण बन्द गर्न निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्को निर्णय र गृह मन्त्रालयको निर्देशनका आधारमा सवारी पास बन्द गरिएको छ । गृह मन्त्रालयले सबै जिल्लाका जिल्ला प्रमुख अधिकारीहरुलाई परिपत्र जारी गर्दै अर्को व्यबस्था नभएसम्मका लागि श्रावण २९ गतेबाट लागू हुने गरी सवारी पास वितरण बन्द गर्न भनेको छ । पास वितरण बन्द गरिए पनि अति आवस्यक सेवा र एम्बुलेन्सलाई भने रोक लगैएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here