भिमसिन जात्रा स्थगित

0
176

श्रावण ३० । ‘भिमसेन भिमसेन हाई हाई’ ‘ जय भिमसेन महाराजको जय!!’

हरेक वर्ष यो शब्दले आजको दिन पाटन निकै गुन्जिने गर्दछ। हातमा धूपको मुठा बालेर भक्तजनहरु पाटनमा घुम्ने गर्दछ। पुरै पाटननै धुपको मीठो सुवासले भारिने गर्दछ। पाटनको प्रसिद्ध नेपाल भाषामा भिन्द्य: र नेपालीमा भिमसिन मन्दिरमा आजको दिन निकै भिड हुने गर्दछ। तर यो वर्ष भने तेस्तो छन । भाद्र कष्ण नवमीको दिन भीमसेन जात्रा मनाइने चलन छ । भिन्द्य: भिमसिन जात्राका दिन सानो खट बनाएर श्री भिमसिन महाराजलाई राखेर स्थानियहरुले बोकेर नगर परिक्रमा गराइने परम्परा रहि आएको छ ।

ललितपुरमा यो जात्रालाई रातो मच्छिन्द्रनाथको जात्रा पछिको दोस्रो ठूलो जात्राको रूपमा मनाइन्छ ।

महामारिको रूपमा फैलिरहेको कोरोना भाइरसका कारण मंगल टोल सुधार संघ र ललितपुर महानगरपालिकाले यो साल रथ जात्रा स्थगित गरेको छ। रथ जात्रा गर्दा भिडभाड हुने र कोरोना भाइरस फैलिन सक्ने हुँदा यो निर्णय लिएको हो।

भिमसिन महाराजललाई शक्तिको प्रतिकको रूपमा लिएपनि पसल तथा व्यापार व्यवसायमा पुज्ने गर्दछ । भीमसेनलाई विशेष गरी व्यापार व्यवसायमा लागेका मानिसले आराध्यदेवका रूपमा पूज्ने गर्दछ। आजको दिनमा भिमसेन मन्दिरमा धुप बालेर पसल वा व्यापार व्यवसाय भएको ठाँउमा लैजाने र ‘ जय भिमसेन महाराज’ भन्दै आह्वान गर्ने परम्परा चली आएको छ ।

२०७२ को भुकम्पका कारण मन्दिरमा समस्या आएको हुनाले पाटनस्थित भिमसेन मन्दिरमा हाल मर्मत कार्य भइरहेको छ। मन्दिर निकै पुरनो भएको कारण मन्दिर पुरै भत्काएर पुर्ण रूपमा बनाइदै छ। तर मन्दिर भने बन्द गराइएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here