विश्व महामारीको रूपमा फैलिरहेको कोभिड १९को हाल सम्म कुनै औषधि प्रमाण भएको छैन। विश्वका विकसित र शक्तिशाली राष्ट्र मात्र नभई विकास उन्मुख राष्ट्रहरु पनि अफ्नो क्षमता अनुसार औषधिको खोजी गर्दै छन् । यसै बिच नेपालबाट आयुर्वेदिक औषधिको प्रस्ताव पनि निकै चर्चामा आएको थियो।
विश्वका सबै राष्ट्र बिच प्रतिस्पर्धा चलिरहेको बेला रूसका राष्ट्रपती भ्लादिमिर पुतिनले पत्रकार सम्मेलनमा रूसले विश्वकै पहिलो कोरोना भाइरसको खोप बनाएको बताइएको छ । सो सम्मेलनमा पुतिनले रूसले बनाएको कोरोना भाइरसको खोप आफ्नो छोरीलाई लगाइदिएको र सामान्य तापक्रम बढे पनि केही समय पछी सामान्य भएको बताए ।
डब्लु. एच. ओ. ले कुनै पनि खोप वा औषधिको लागि ४ तहको प्रशिक्षण तोकेको छ। तेस्रो प्रशिक्षण पछि खोप सार्वजनिक रूपमा उपलब्ध गर्न पाइन्छ । विभिन्न राष्ट्रले बनाएको खोप र औषधि मध्य हाल ६ वटा तेस्रो चरणको प्रशिक्षणमा छ। जस मध्य ३ वटा चीन राष्ट्रबाट छ।