लकडाउनमा रचनात्मक कोर्श सिकाउदै पकेट एकाडेमी

0
232

लकडाउनको समयमा मानिस घर भित्र बस्दा मानिसका सिकाइ गतिबिधीमा कमी आएको धेरैले महसुस गरेका छन।तर यसका लागि पनि बिभिन्न बैकल्पिक माध्यमहरुको खोजी हुँदै गैरहेको छ।यस्तैमा नौलो र रचनात्मक रुपमा लकडाउनको समय सदुपयोग गर्दै सिकाइ प्रबृत्तीलाई माथि उकास्न पकेट एकाडेमी आएको छ।यसले बिभिन्न बिधाका विद्यार्थी देखी सम्बन्धित ब्यक्तीका लागि उपयोगी हुने कोर्शहरुका साथ साथै सिप सिकाइको नयाँ माध्यमको खोजी गरेको छ। छोटो समयमा नै प्रबिधी सम्बद्द बिद्द्यर्थीहरुलाई प्रोग्रामिङ,नेट्वर्किङ लगायतका कोर्श,ब्यक्त्तित्व बिकासका लागि पब्लिक स्पिकिङ कोर्श,ब्युटी क्षत्रमा चाख राख्नेको लागि ब्युटिसिएन सम्बन्धी तालिमका साथ साथै बिभिन्न क्षत्रका प्रतिष्ठित मानिसहरु बाट अनुभव सटासाटका भर्चुअल कार्यक्रमहरु सन्चालन भइसकेका छन।

आगामी दिनमा थप नयाँ नयाँ सिकाइ कार्यक्रमहरु ल्याउने योजनामा रहेको र बिभिन्न संस्था सँग सहकार्य जारी राखेको पकेट एकाडेमीका सह-संस्थापक गोकुल घिमेरेले जानकारी दिनुभयो। पछील्लो समय कोरोनाका कारण भएको लकडाउनमा मानिसलाई भर्चुअल रुपमा सिकाइ पद्दत्तीको बिकासमा पनि पकेट एकाडेमी अघी बढेको र आगामी दिनमा थप प्रभावकारी सिप बिकास सहितका कार्यक्रम मार्फत बिभिन्न बिद्दार्थी र सम्बद्द मानिसलाई लाभ दिने उद्देस्य रहेको घिमिरेले जनाउनुभयो।

पकेट एकाडेमी ‘अल इन वान लर्निङ प्ल्याट्फर्म’को रुपमा बिकासित हुँदै गर्दा पढाई र सिकाइ बिधीमा कोसेढुङा साबित हुने आसा गरिएको छ।अहिले सम्म करिब १ हजार भन्दा बढी पकेट एकाडेमी सँग आबद्द भएर प्रत्यक्ष लाभ लिइरहेको पनि सह-संस्थापक घिमिरेले बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here