भौतिक दुरी कायम गरी कृष्ण जन्माष्टमी मनाइदै

0
106

पाटन: श्रावण २७ गते मंगलबारका दिन पर्न गएको श्री कृष्ण जन्माष्टमी, हरेक साल भब्य रुपमा मनाउदै आएको भएपनी, यो साल भने शन्यू छ। महामारीको रुपमा फैलिरहेको कोभिड १९लाई नियन्त्रण गर्न र फैलिन नदिन सरकारले भिडभाड नगर्न आग्रह गरेको हुदा, यो साल कृष्ण जन्माष्टमीका दिन पाटन स्थित कृष्ण मन्दिर खोलिएको छैन।

मन्दिर परिषदमा भिडभाड हुन नदिन सुरक्षाकर्मीहरु खटाइएको छ। दर्शनार्थी र भक्तजनहरुका निम्ति मन्दिर बहिर रहेको कृष्ण पाइलालाई कृष्णको प्रतिकको रुपमा पुजा गर्न ब्यवस्था गरिएको छ। मन्दिर परिषद र दरबार क्षेत्रमा भने कसैलाई बस्न दिएको छैन।

दर्शनार्थी र भक्तजनहरुलाई दर्शन गर्न आउँदा ‘सोसल दिस्तेन्सिङ्ग’ पालना गर्न आग्रह गरेको छ। भिडभाडमा नजान र नगराउन, माक्स र स्यानितैजर उचित प्रयोग गर्न सबैलाई आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here