कृष्ण मन्दिर बन्द रहने

0
92

पाटन दरबार क्षेत्र भित्र रहेको श्री कृष्ण मन्दिर हिन्दु धर्मावलम्बीहरुका लागी निकै महत्त्वपूर्ण धर्मिक स्थलक हो। यहाँ हरेक बर्ष श्री कृष्णजन्माष्टमीका दिनमा मेला लाग्ने गर्दछ। सो दिनमा स्थानीय तथा देश-बिदेशबाट भक्तजनहरु कृष्ण मन्दिरमा दर्शन गर्न आउने गर्दछ। सो दिनमा पाटन दरबार क्षेत्रमा निकै भिदभाद हुने गर्द छ।

यही मिति २०७७ साल श्रावण २७ गते मंगलबार पर्न गएको श्री कृष्णजन्माष्टमी पर्वका दिन भने कृष्ण मन्दिर बन्द रहने छ। हाल व्यापक रुपमा फैलिरहेको कोभिड १९को महामारीका कारण मंगल टोल सुधार संघ र ललितपुर नगरपालिकाले उक्त दिन ललितपुरस्थित पाटन दरबार क्षेत्र भित्र पर्ने श्री कृष्ण मन्दिर बन्द गर्ने निर्णय गरेको हो।



उक्त दिनमा श्रद्धालु भक्तजनहरुलाई आ-आफ्नो घर भित्र नै पुजा अर्चना गरी परम्परालाई निरन्तरता दिनहुन अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here